गोरखाबाट काठमाडौका लागि उडेको हेलिकप्टर दुर्घटना नुवाकोटको म्यागङ गाउपालिकामा

गोरखाबाट काठमाडौका लागि उडेको हेलिकप्टर दुर्घटना

नुवाकोटको म्यागङ गाउपालिकामा



काठमाडौं – गोरखाबाट काठमाडौका लागि उडेको अल्टिच्युट एयरलाइन्सको हेलिकप्टर दुर्घटनामा परेको छ। गोरखाको चुमनुब्री गाउँपालिका–१ को सामागाउँबाट ७ यात्रु बाकेर उडेको हेलिकप्टर नुवाकोटको म्यागङ गाउपालिकामा दुर्घटनामा परेको बताइएको छ।
को को थिए हेलिकोप्टरमा ?
  • हिरोमी कामात्सु (पासपोर्ट नम्बरः TK713612068 YEAR)
  • दिल्लीबहादुर गुरुङ (४० वर्ष, रामेछाप)
  • हिरा शेर्पा (वर्ष ३५, दोलखा
  • ल्हो आनि डोल्पा डिकि (गोरखा, चुमनुब्री २)
  • छोवाङ नुर्बु (गोखरा, चुमनुब्री १)
  • सुनिल तामाङ (वर्ष २२)
  • निश्चल केसी (पाइलट)
घादिङका प्रहरी नायव उपरीक्षक श्याम कुमार महतोका अनुसार गोरखाबाट उडेको हेलिकप्टर सम्पर्क विहीन भएको भन्ने खवर आएपछि घादिङ र नुवाकोटबाट प्रहरी नुवाकोटको मेघाङ गाउँपालिकातर्फ लागेको बताए ।
नुवाकोटको मेघाङ गाउँपालिकामा दुर्घटनाग्रस्त भएको सूचना स्थानीयबाट प्राप्त भएको र १० जनाको प्रहरी टोली पठाइएको धादिङका एसपी डम्बरबहादुर विकले बताए । घटनास्थल दुर्गममा पर्ने भएकाले प्रहरी अझै पुग्न सकेको छैन।
यता नुवाकोटका प्रमुख जिल्ला अधिकारी उद्दव बहादुर थापाले पनि घटनाबारे आधिकारिक पुष्टि हुन नसकेको बताएका छन् । नुवाकोट प्रहरी कार्यालयका एसपी बसन्त बहादुर कुँवरको नेतृत्वमा प्रहरी र सेनाको टोली घटनास्थलतर्फ लागेका छन् ।
घटनास्थल भनिएको ठाउँ ठूलो जंगल रहेको र त्यहाँ बाक्लो कुहिरो लागेकाले घटनास्थलमा पुग्न गाह्रो भएको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए ।
secure :- http://www.nuwakotexpress.com
               www.news.cn

Comments

Popular posts from this blog

FINAL FLIGHT FOR REGULAR WORKER FOR SEPTEMBER 9,10&11 (भाद्र २४, २५ र २६)

9th EPS TOPIK RESULT