गोरखाबाट काठमाडौका लागि उडेको हेलिकप्टर दुर्घटना नुवाकोटको म्यागङ गाउपालिकामा काठमाडौं – गोरखाबाट काठमाडौका लागि उडेको अल्टिच्युट एयरलाइन्सको हेलिकप्टर दुर्घटनामा परेको छ। गोरखाको चुमनुब्री गाउँपालिका–१ को सामागाउँबाट ७ यात्रु बाकेर उडेको हेलिकप्टर नुवाकोटको म्यागङ गाउपालिकामा दुर्घटनामा परेको बताइएको छ। को को थिए हेलिकोप्टरमा ? हिरोमी कामात्सु (पासपोर्ट नम्बरः TK713612068 YEAR) दिल्लीबहादुर गुरुङ (४० वर्ष, रामेछाप) हिरा शेर्पा (वर्ष ३५, दोलखा ल्हो आनि डोल्पा डिकि (गोरखा, चुमनुब्री २) छोवाङ नुर्बु (गोखरा, चुमनुब्री १) सुनिल तामाङ (वर्ष २२) निश्चल केसी (पाइलट) घादिङका प्रहरी नायव उपरीक्षक श्याम कुमार महतोका अनुसार गोरखाबाट उडेको हेलिकप्टर सम्पर्क विहीन भएको भन्ने खवर आएपछि घादिङ र नुवाकोटबाट प्रहरी नुवाकोटको मेघाङ गाउँपालिकातर्फ लागेको बताए । नुवाकोटको मेघाङ गाउँपालिकामा दुर्घटनाग्रस्त भएको सूचना स्थानीयबाट प्राप्त भएको र १० जनाको प्रहरी टोली पठाइएको धादिङका एसपी डम्बरबहादुर विकले बताए । घटनास्थल दुर्गममा पर्ने भएकाले प्रहरी अझै पुग्न सकेको छैन...